राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । शनिबार नेताद्वयबीच छलफल भएको हो ।
सत्तासाझेदार दुई दलका शीर्ष नेताबीच केही जानकारी आदानप्रदान, राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भएको उनले जानकारी गराएका छन् ।
“आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१ १५:५७
प्रतिक्रिया दिनुहोस्