site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको आरोप लगाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

आफूहरू बेदाग भएर सरकारबाट निस्किएको उनले जिकिर गरे । उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरूका निम्ति महत्त्वपूर्ण रहेको बताए । इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकताबद्ध, सुदृढ गर्ने रहेको उनले उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली बनाउन वैचारिक, सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा नारायणकाजी श्रेष्ठको भनाइ पढ्नोस्–
हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ । अहिले सरकार बनाउनेहरूको बारेमा आमचर्चा छँदै छ । हामीले भन्नु पनि पर्दैन । भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आमचर्चा छ । इतिहासले हामीलाई अहिले सुम्पिएको जिम्मेवारी ग्रहण गर्दै त्यसको सम्पादन, त्यो कार्यभार पूरा गर्नुपर्ने आजको आवश्यकता छ । हामीलाई इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकताबद्ध, सुदृढ गर्ने हो । हाम्रो पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरि गोलबन्दी हुने हो । पार्टीको वैचारिक कार्यदिशा एकरूप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जाने हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro