देश
काठमाडौं । सोलुखुम्बुको दूधकोसी नदीले जलसतह सतर्कता तह पार गरेको छ ।
दूधकोसीको सहायक खोलामा आज दिउँसो आएको बाढीको कारण दूधकोसी नदी रबुवाबजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१ १९:५९
प्रतिक्रिया दिनुहोस्