site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली बस्तीका मानिसले गरे वेस्ट बैंकको गाउँमा आगजनी
तस्बिर : रोयटर्स ।

काठमाडौं । इजरायली बस्तीमा बसोबास गर्ने मानिसले प्यालेस्टाइनको वेस्ट बैंकस्थित एउटा गाउँमा घर र कारमा आगजनी गरेका छन् । उक्त घटनामा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । घाइतेको छातीमा गम्भीर चोट लागेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आगजनी गर्ने इजरायली बस्तीका केही मानिसले मास्क लगाएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले बिहीबार साँझ नाब्लस सहरनजिकैको जिट गाउँमा आक्रमण गर्ने मानिसले ढुंगा पनि प्रहार गरेको जनाएको छ ।

इजरायली नेताहरूले उक्त आक्रमणको निन्दा गरेका छन् । अपराधीलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

इजरायली रक्षा बलले आक्रमण गर्ने एक व्यक्तिलाई हिरासतमा लिइएको जनाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro