site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफ्रिकाभन्दा बाहिर मंकीपक्सको पहिलो ‘केस’

काठमाडौं । स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले अफ्रिकाभन्दा बाहिर एमपक्सको पहिलो ‘केस रिपोर्ट’ गरेको छ । स्वीडेनको एजेन्सीका अनुसार, संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपक्स भएको थियो ।

अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए ।

एमपक्स एक संक्रामक रोग हो । यसलाई यसअघि मंकीपक्स भनेर चिनिन्थ्यो । अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा कम्तीमा ४५० जनाको मृत्यु भएको थियो ।

हाल यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकले रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार (भेरियन्ट) र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् ।

एमपक्स व्यक्तिहरूबीचको नजिकको सम्पर्कबाट फैलिन सक्छ । शारीरिक सम्पर्क, स्पर्श, एकार्काको नजिक सास फेर्दा यो रोग सर्ने सम्भावना हुन्छ ।

यो रोगका लक्षणमा अचानक ज्वरो आउने, टाउको, शरीर, घाँटी दुख्ने, घाँटी र बंगारामुनि ग्रन्थी बढ्ने, अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्तांग र शरीरका अरू भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पिप जम्ने समस्या देखिएको डब्ल्यूएचओले जनाएको छ ।

यो रोगबाट पीडित १०० मध्ये चारजनाको मृत्यु हुन्छ । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro