site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको विशेष आग्रह

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन कतारलाई विशेष आग्रह गरेका छन् ।

बिहीबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटका क्रममा गृहमन्त्री लेखकले विपिनको रिहाइका लागि आग्रह गरेका हुन् ।

Dabur Nepal
NIC Asia

राजदूत अलान्सारी गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा उनले नेपाल र कताबीचको गहिरिँदै गएको सम्बन्धबारे चर्चा गरे ।

गृहमन्त्री लेखकले विपिनको रिहाइका साथै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रहेर मृत्यु एवं घाइते भएका नेपालीहरूको राहत र उद्धारमा जोड दिए । उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन पनि आग्रह गरे ।

त्यसैगरी, राजदूत अलान्सारील विपिनको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro