site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल टेलिकमको आम्दानी दुई अर्ब ८० करोडले घट्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ६.३२ प्रतिशतले घटेको छ । टेलिकमले बिहीबार (आज) आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गएको आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम भएको टेलिकमले जनाएको हो ।

Dabur Nepal
NIC Asia

गएको वर्षमा सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको कम्पनीले जनाएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । यसरी सञ्चालन आय एक अर्ब ८१ करोड तीन लाख १५ हजारले घटेको टेलिकमले जनाएको छ ।

गएको आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको टेलिकमले जनाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको खुद नाफा सात अर्ब ९२ करोड एक लाख ५५ हजारको तुलनामा एक अर्ब ३० करोड २३ लाख ७८ हजारले कम हो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ११:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro