site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चेल्सी र पाल्मरबीचको सम्झौता नवीकरण

काठमाडौं । इंग्लिस क्लब चेल्सी र स्ट्राइकर कोल पाल्मरबीचको सम्झौता नवीकरण भएको छ । चेल्सीसँग भएको नयाँ सम्झौताअनुसार पाल्मर सन् २०३३ सम्म स्टामफोर्ड ब्रिजमै रहनेछन् ।

चेल्सीले पाल्मरलाई गत वर्ष प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीबाट भित्र्याएको थियो । गत सिजन उनले चेल्सीबाट कुल ३३ प्रिमियर लिग खेलका खेल खेलेका थिए । जसमा उनले २२ गोल गरेका थिए ।

इंग्लिस फरवार्ड पाल्मरले युरोपियन च्याम्पियनसिप २०२४ मा इङ्ल्यान्डलाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

पाल्मर प्रोफेसनल फुटबलर्स एसोसिएसन प्लेयर अफ द इयरका लागि ६ जनाको सर्टलिस्टमा छन् । जसको विजेताको घोषणा अगस्ट २० मा गरिनेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro