site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनका निम्ति मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान, यी हुन् रिक्त स्थान 

काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोकिनुपूर्व निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार विज्ञप्ति जारी गर्दै नामावलीमा नाम नभएकालाई दर्ता गर्न आग्रह गरेका हुुन् ।

“विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी हाल ३४ पद रिक्त छ ।

रिक्त पदहरूको पदावधि एक वर्षभन्दा बढी समय बाँकी रहँदा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा पदपूर्ति गरिने व्यवस्था छ ।

निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता कार्य स्थगन गरिन्छ । आयोगले उपनिर्वाचन हुने स्थानका मतदातालाई त्यसअघि नै नाम दर्ता गर्न आह्वान गरको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र आयोगका पदाधिकारीबीच सोमबार (हिजो) आउँदो मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने विषयमा छलफल भएको थियो । सोहीअनुसार आयोगले तयारी अघि बढाएको जनाइएको छ ।

रिक्त स्थानको सूची हेर्नोस्–

क्र.सं.

प्रदेश

जिल्ला

रिक्त पद

स्थानीय तहको नाम

वडा नं.

1

कोशी

झापा

वडा अध्यक्ष

कन्काई नगरपालिका

2

मोरङ

अध्यक्ष

ग्रामथान गाउँपालिका

-

3

तेह्रथुम

वडा अध्यक्ष

लालीगुराँस नगरपालिका

8

4

सुनसरी

वडा अध्यक्ष

गढी गाउँपालिका

5

ओखलढुंगा

वडा अध्यक्ष

मोलुङ गाउँपालिका

6

उदयपुर

वडा अध्यक्ष

त्रियुगा नगरपालिका

१२

7

वडा अध्यक्ष

वेलका नगरपालिका

8

मधेश

सप्तरी

वडा अध्यक्ष

डाक्नेश्वरी नगरपालिका

9

रौतहट़

वडा अध्यक्ष

इशनाथ नगरपलिका

10

वडा अध्यक्ष

राजपुर नगरपालिका

11

वडा अध्यक्ष

गढिमाई नगरपालिका

12

वागमती

दोलखा

उपाध्यक्ष

गौरीशंकर गाउँपालिका

 -

13

काठमाडौ

प्रमुख

कीर्तिपुर नगरपालिका

 -

14

वडा अध्यक्ष

कीर्तिपुर नगरपालिका

1

15

वडा अध्यक्ष

कीर्तिपुर नगरपालिका

16

वडा अध्यक्ष

काठमाडौं महानगरपालिका

१६

17

नुवाकोट

वडा अध्यक्ष

ककनी गाउँपालिका

18

मकवानपुर

वडा अध्यक्ष

हेटौडा उपमहानगरपालिका

१२

19

गण्डकी

गोरखा

वडा अध्यक्ष

गोरखा नगरपालिका

20

लुम्बिनी

गुल्मी

वडा अध्यक्ष

मुसिकोट नगरपालिका

21

रोल्पा

वडा अध्यक्ष

रून्टिगढी गाउँपालिका

22

बर्दिया

वडा अध्यक्ष

ठाकुरबाबा नगरपालिका

23

कर्णाली

दैलेख

अध्यक्ष

महाबु गाउँपालिका

-

24

वडा अध्यक्ष

दुल्लु नगरपालिका

१३

25

कालिकोट

वडा अध्यक्ष

तिलागुफा नगरपालिका

26

जाजरकोट

उपप्रमुख

नलगाड नगरपालिका

-

27

वडा अध्यक्ष

कुशे गाउँपालिका

28

डोल्पा

वडा अध्यक्ष

त्रिपुरासुन्दरी नगरपालिका

29

रुकुम पश्चिम

वडा अध्यक्ष

सानीभेरी गाउँपालिका

30

सुदूरपश्चिम

बाजुरा

उपाध्यक्ष

स्वामीकार्तिक खापर गाउँपालिका

 -

31

बझाङ

वडा अध्यक्ष

सुर्मा गाउँपालिका

32

डोटी

वडा अध्यक्ष

पुर्वीचौकी गाउँपालिका

33

दार्चुला

वडा अध्यक्ष

दुहुँ गाउँपालिका

34

कञ्चनपुर

वडा अध्यक्ष

भिमदत्त नगरपालिका

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro