अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यही साउन २१ गते छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यो मूल्य यसअघिको उच्च थियो । मंगलबार सुनको मूल्य त्योभन्दा बढी कायम भएको हो ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ ११:२४
प्रतिक्रिया दिनुहोस्