site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेस्तोलसहित झापाबाट एकजना पक्राउ

काठमाडौं । झापा प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ का ३६ वर्षीय सञ्जीव गजमेर छन् ।

दमक नगरपालिका–५, बानेश्वर हाइटस्थित सडकबाट सोमबार बिहान उनलाई पक्राउ गरिएको हो । ‘मेड इन इटाली’ लेखिएको पेस्तोल एकथान र म्याग्जिन दुईथानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी को३८प ५६४९ नम्बरको स्कुटरमा सवार थिए । चेकजाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागबाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro