site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेरिस ओलम्पिक : म्याराथनमा नेपालकी सन्तोषी ७९औँ स्थानमा 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ मा नेपालकी अन्तिम प्रतिस्पर्धी धाविका सन्तोषी श्रेष्ठ महिला म्याराथनको ७९औँ स्थानमा आएकी छन् ।

कुल ९२ एथलिट सहभागी म्याराथनमा सन्तोषीले ७९औँ स्थान हासिल गरेकी हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटर दुरी दुई घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन् । 

यसमा नेदरल्यान्ड्सकी सिफन हसनले स्वर्ण जितिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै, इथियोपियाकी टिग्स्ट असेफाले निर्धारित दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै रजत जितिन् । केन्याकी हेलेन ओबिरीले निर्धारित दुरी दुई घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गर्दै काश्य जितिन् ।

योसँगै ओलम्पिकमा सहभागी नेपालका सबै खेलाडीको चुनौती समाप्त भएको छ । ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सन्तोषी अन्तिम खेलाडी हुन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro