site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवाखालबाट समातिए प्रदेशका पूर्वमन्त्री र कलाकार
प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी (बायाँ) र कलाकार पुरुषोत्तम आचार्य (दायाँ) ।

काठमाडौं । नेपाल प्रहरीले शनिबार जुवाखालबाट पक्राउ गरेका मध्ये एकजना कोसी प्रदेशसभा सदस्य रहेको खुलेको छ । प्रहरीले जुवाखालबाट ११ जनालाई पक्राउ गरेको हो । तीमध्ये कोसी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी एक हुन् ।

उनी सोलुखुम्बु क्षेत्र नम्बर–१ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (एमाले)का नेता उनी कोसी प्रदेशका पूर्वमन्त्री समेत हुन् ।

उनीसँगै पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’मा आचार्य प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको स्रोतले जानकारी गराएको छ ।

काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । महतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सोही जुवाखालबाट एमाले सोलुखुम्बका अरू नेता पनि पक्राउ परेका छन् । उनीहरूका साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास बरामद गरिएको छ । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro