site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मिलेमतोमा टीएमएसमा समस्या देखाइएको आशंका, ब्रोकरको जवाफ– जानकारी छैन

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सेयर किनबेच गर्न लगानीकर्ता ब्रोकर कम्पनीको भर पर्नुपर्छ । तर, केही लगानीकर्ताको ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस)मा समस्या देखिँदा पनि ब्रोकरले बेवास्ता गरेको पाइएको छ ।

यसरी लगानीकर्ताको समस्यामा बेवास्ता गर्नेमा नेपाल स्टक हाउस प्रालि (ब्रोकर नम्बर १४) हो । यस ब्रोकरका सेवाग्राहीहरूको टीएमएसमा समस्या आएको र खबर गर्दा पनि समस्याको हल नखोजिएको एक लगानीकर्ता बताउँछन् ।

ती लगानीकर्ताले कुमारी बैंक, हिमालयन बैंक, रिडी पावर र शिवम् सिमेन्टको सेयर बेच्न खोज्दा समस्या देखिएको बताएका छन् । 
ब्रोकरलाई समस्याबारे जानकारी गराउँदा आफ्नो पक्षबाट नभएर भेन्डर कम्पनी वाइकोबाटै समस्या भएको जानकारी दिँदै पन्छिएको ती लगानीकर्ता बताउँछन् । आफ्नो मात्र नभएर अरू लगानीकर्ताको पनि यस्तो समस्या देखिएको उनको दाबी छ ।

Dabur Nepal
NIC Asia

टीएमएसको ‘ब्रेकर ब्याक अफिस’को डीपी होल्डिङमा सीडीएस फ्री ब्यालेन्स र टीएमएस ब्यालेन्समा ‘म्याचिङ’ भएको उनी बताउँछन् । आफ्नो डिम्याट खातामा भएको सेयर टीएमएसमा शून्य देखिएको उनी बताउँछन् ।

बेच्न खोज्दा पनि बेच्न नमिलेको उनको भनाइ छ । ब्रोकरलाई यो समस्या सुनाउँदा ब्रोकरले नेप्से र वाइकोलाई देखाएर पन्छिएको उनको भनाइ छ । सेयर बजारका खेलाडीहरूले चलखेल गरेर केही कम्पनीको सेयरलाई माथि उचाल्ने र आफ्नोमात्र बेच्न यो चाल चालेको हुन सक्ने उनको आशंका छ ।

तर, आफ्ना ब्रोकरका सेवाग्राहीमा यस्तो समस्या नआएको नेपाल स्टक हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद दाहाल बताउँछन् । 

उनले कुनै पनि सेवाग्राहीले यस्तो समस्याबारे जानकारी नगराएको बताए ।

“हाम्रा सेवाग्राहीको टीएमएसमा कुनै समस्या आएको भए यहाँ जानकारी गराउनुपर्ने हो । तर, कुनै जानकारी आएको छैन,” उनले बाह्रखरीसित भने, “यदि समस्या आएको भए लगानीकर्ताले ब्रोकरलाई भन्नुपर्ने हो । हामी वाइकोसँग कुरा गरेर हल खोज्थ्यौँ ।”

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुली पनि टीएमएसमा समस्या नआएको बताउँछन् । टीएमएसमा समस्या आएको भए यति धेरै कारोबार सम्भव नहुने भनाइ उनको छ । एक–दुई लगानीकर्तामा समस्या आएको भए उनीहरूले ब्रोकरसँग समाधान खोज्नुपर्ने उनको भनाइ छ । ब्रोकरले पनि नेप्से र वाइकोको समस्या भनेर पन्छिन नहुने उनी बताउँछन् ।

उनी भन्छन्, ‘‘वाइको एउटा सेवा प्रदायक संस्था भएकाले ब्रोकरले यस्ता संस्था फेर्न सक्छन् । ब्रेकरले राम्रोसँग सेवाग्राहीको समस्या पहिचान गरेर हल गर्नुपर्छ ।’’

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro