site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खुमलटारले नै ‘जनार्दनले पार्टी फुटाउँदै’ भनेपछि...
जनार्दन शर्मा । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट नै आफूले पार्टी फुटाउने हल्ला चलाइएको बताएका छन् । स्थायी कमिटी बैठकमा उनले पेस गरेको प्रस्तावमा आफू नेकपा (एमाले)मा जान लागेको हल्ला चलाइएको उल्लेख छ  ।

“खुमलटारबाट फलानो एमालेमा जाँदै छ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो,” उनले लेखेका छन् ।

Dabur Nepal
NIC Asia

आफूले पार्टी फुटाउन लागेको प्रचार गरिएपछि कार्यकर्तामा त्रास फैलिएको उनको गुनासो छ । देशभरबाट त्यसबारे फोन आउने गरेको उनले उल्लेख गरेका छन् ।

“देशभर यसको असर देखापर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आमकार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ,” उनको प्रस्तावमा भनिएको छ, “यस विषयमा देशभरिबाट दैनिक सयौँले फोन गरी पार्टी फुट्दै छ र भनि सोध्ने गरेका छन् । यो कुरा अन्य राजनैतिक दल, सुरक्षा निकाय, ब्युरोक्रेसी समेतमा चासोको विषय बनेको छ ।”

afdsg-1723369743.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro