site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हालसम्मकै उच्च मूल्यको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढेसँगै आइतबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । यस दिन २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

गएको साताको मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त दिनसम्म त्यो नयाँ रेकर्ड थियो ।

Dabur Nepal
NIC Asia

आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा बन्द भएको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ । १५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।

नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूक बढेको छ । लगानी, माइक्रोफाइनान्स र जीवन बिमा समूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro