site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बागलुङमा पर्यटक बढेपछि होटेलमा लगानी थपिँदै

गलकोट (बागलुङ) । शिक्षण पेसा छाडेर विगत २० वर्षदेखि होटेल व्यवसायमा लागेकाकाठेखोला गाउँपालिका–७, रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बणएका छन् । उनले सञ्चालन गरेको होटेल यहाँ ‘भीआईपी’ होटेलका रूपमा परिचित भएको छ ।

सानो घरमा चार कोठाबाट व्यवसाय थालेका उनले व्यवसाय बढाएका छन् । उनको होटेलमा २४ कोठा छन् भने लगानी बढेर दुई करोड पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटेल सञ्चालन गर्न थालेका छन् ।

Dabur Nepal
NIC Asia

बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटेल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटेल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् ।

जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटेलको आवश्यकता परेको उद्यमी कुँवर बताउँछन् । उनले जिल्लामा तारेहोटल आवश्यक भएको बताए । विसं २०६५ देखि बागलुङमा होटेल व्यवसाय गर्दै आएका अर्जुन चोखालले होटेल व्यवसायमा चार करोड लगानी गरिसकेका छन् ।

कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुंगे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयजस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro