site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय विदेश सचिव आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आइतबार (आज) नेपाल आउँदै छन् ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै परराष्ट्र मन्त्री आरजु राणा देउवा र समकक्षी सेवा लम्सालसँग पनि भेटघाट गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

आजै साँझ होटेल मेरियटमा हुने रात्रिभोज कार्यक्रममा विदेश सचिव मिश्रले सबै राजनितिक दलका दोस्रो तहका नेताहरूसँग भेटघाट गर्नेछन् । सोमबार भारत फर्किनु अघि सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कर्यक्रम छ ।

विदेश सचिव मिश्री साउन २८ मा भारत फर्किने कार्यक्रम तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro