site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनमोहन अस्पतालको छतबाट हाम फालेका युवकको मृत्यु
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेका एक युवकको शनिबार मृत्यु भएको छ ।

अस्पतालको छैटौँ तलास्थित एस क्याफेको स्थानबाट हाम फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

Dabur Nepal
NIC Asia

महाराजगन्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केही बेरमा हाम फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ ।

घटना दिउँसो ३ः०० बजेतिर भएको थियो । घटनामा उनी गम्भीर घाइते भएका थिए । सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्त समेत नभएको पाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu