site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालबालिकाले खाना नपाएर रोएको देख्दा आँखामा आँसु आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । शनिबार काठमाडौंमा लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रममा उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता दोहोर्‍याए ।

देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिन आफू सदैव लागिपरेको उनले उल्लेख गरे । उनले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? भन्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे ।

जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने विषयलाई आफूले चासोमा राखेर त्यसलाई पूरा गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरेर अघि बढेको उनले बताए । उनले आमजनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले लायन्स क्लबले मानवीय सेवाका क्षेत्रमा गर्दै आएको कामको पनि खुलेर प्रशंसा गरे ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ पढ्नोस्–
गरिबी छ । बालबालिकाहरू खाना नपाएर भोकले तड्पिरहेका छन् । चिन्ताको विषय यो हो । म ती बच्चाबच्चीहरूले खाना नपाएर रोएको देख्दा आँखामा आँसु आउँछ । म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति आफ्नो खल्तीमा सार्न सक्छु ? म सक्दिनँ । त्यसकारण म भ्रष्टाचार गर्दिनँ । मलाई लाग्छ, म एउटा पोलिटिक्स गर्ने मान्छे । तर, लायन्ससँग मेरो भावना मिल्छ । मलाई राज्यबाट केही लिनु छैन । राज्यलाई सुव्यवस्था कसरी दिन सकिन्छ ? उत्पादन, उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ ? जनतामा आम्दानीको स्रोत कसरी खडा गर्ने, उद्यमशीलता, रोजगारी आदिबाट । र, हामीले पछिल्लो नेपाललाई विकसित नेपाल, अविकसित नेपाललाई विकसित नेपाल बनाउनु छ । अस्ति संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई मैले भनेँ– मेरो सबैभन्दा ठूलो चासोको विषय निरपेक्ष गरिबीको रेखामुनि रहेर, खाना, लगाउन नपाएर तड्पिएका बालबालिकाहरू हुन्, त्यस्तै पीडा भोगेका जनता हुन् । आफ्नो छोराछोरीले भोकले रुँदाखेरि केही दिन नसक्ने र तड्पिनुपर्ने आमाबुबाको मन कस्तो हुँदो हो ? हो, त्यही परिवर्तन गर्नु छ हामीले । त्यसका निम्ति सुशासन दिनु छ । विकासको गतिलाई तीव्र ढंगले अघि बढाउनु छ । र, देशलाई समृद्ध बनाउनु छ । आधुनिक बनाउनु छ, विकसित बनाउनु छ । र, जैविक र मानवीय आवश्यकको सहज पहुँचमा मानिसहरूलाई पुर्‍याउनु छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro