site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाको विद्यालयमा इजरायलको आक्रमण, एक सयभन्दा धेरैको मृत्यु

काठमाडौं । गाजाको दराज जिल्लाको एक विद्यालयमा शनिबार बिहान इजरायलले गरेको हमलामा एक सयभन्दा बढीको मृत्यु भएको छ । अलजजिराका अनुसार मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध छन् । अन्य दर्जनौँ

आक्रमण भएको विद्यालयमा धेरैले आश्रय लिइरहेका थिए । बिहानको नमाज पढिरहेका बेला आक्रमण भएको समाचारमा उल्लेख छ ।

स्थानीयका अनुसार विद्यालयमा एकपछि अर्को गरेर तीन रकेट प्रहार गरिएको थियो ।

उता इजरायली सेनाले भने अल–ताबिन विद्यालय हमासको कार्यालयको रूपमा प्रयोग भएको दाबी गरेको छ । उसले सर्वसाधारणमाथि नभएर हमास आतंकवादीलाई लक्षित गरेर विद्यालयमा आक्रमण गरिएको दाबी गरेको छ ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले आक्रमण गर्नुअघि सर्वसाधारणलाई हुने क्षति कम गर्न धेरै प्रयास गरिएको दाबी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro