site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेख हसिनाले राजीनामा नै नदिएको 'खुलासा', उनका छोरा भन्छन्– फेरि सत्तामा आउँछौँ

काठमाडौं । शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको 'खुलासा' भएको छ । उनका छोरा सजिब वाजेदका अनुसार प्रदर्शनले उग्ररूप लिएपछि हसिनाले राजीनामा दिने योजना बनाएकी थिइन् । तर, प्रदर्शनकारीहरू निवास नै घेराउ गर्न पुगेपछि उनले राजीनामा नै दिन नपाएको उनको दाबी छ ।

"मेरी आमाले औपचारिकरूपमा राजीनामा दिनुभएको छैन । उहाँले राजीनामा दिने समय नै पाउनुभएन । उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ," वाजेदले वासिङ्टनबाट रोयटर्ससँग शनिबार भनेका छन् ।

वाजेदका अनुसार हसिनाले एक वक्तव्य दिएर राजीनामा दिने योजना बनाएकी थिइन् । तर, आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा र्‍याली गर्न थालेपछि उनले समय नै पाइनन् ।

"मेरी आमाले सामान प्याक गर्ने समय पनि पाउनुभएन । संविधानअनुसार उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हो ।"

राष्ट्रपतिले सेना प्रमुख र विपक्षी दलहरूसँगको परामर्शमा गरेको संसद् विघटन र प्रधानमन्त्रीले औपचारिकरूपमा राजीनामा नदिएर कामचलाउ सरकार गठन गरेकोविरुद्ध ‘अदालतमा चुनौती दिन सकिने’ उनको दाबी छ ।

वाजेदले हसिना नेतृत्वको अवामी लिग पार्टीले आउने चुनाव लड्ने पनि बताए । उनका अनुसार चुनाव अबको तीन महिनाभित्रै सम्पन्न गरिसक्नुपर्छ ।

"म अवामी लिग सत्तामा आउनेमा विश्वस्त छु । यदि आएन भने पनि हामी प्रतिपक्ष हुनेछौँ," उनले भनका छन् ।

वाजेदले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की प्रमुख खालिदा जियाले कुनै प्रकारको बदला नलिने भनी दिएको अभिव्यक्तिबाट आफू खुसी भएको पनि बताए ।

बंगलादेशको हिंसात्मक प्रदर्शनपछि गएको सोमबार हसिनाले देश छाडेकी थिइन् । उनले हाल भारतको नयाँ दिल्लीमा आश्रय लिइरहेकी छन् । प्रदर्शनका क्रममा ३०० भन्दा धेरैको ज्यान गएको थियो ।

हसिना सत्ताको पतनपछि बंगलादेशमा हाल अन्तरिम सरकार गठन गरिएको छ ।

ढाका ट्रिब्युनसहित एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro