site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा अल्पसंख्यकमाथि आक्रमण : नेपालका हिन्दु संगठन विरोधमा, प्रहरी सतर्क
SkywellSkywell

काठमाडौं । बंगलादेशमा शेख हसिना सत्ताच्युत भएसँगै त्यहाँका अल्पसंख्यकमाथि आक्रमण हुन थालेका समाचार बाहिरिएका छन् । करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा ९१ प्रतिशत मुस्लिम धर्मावलम्बी छन् ।

बंगलादेशको दैनिक पत्रिका ‘द डेली स्टार’का अनुसार हसिनाले बंगालदेश छाडेकै दिनमा बंगलादेशका २७ जिल्लामा हिन्दु धर्मावलम्बीका घर तथा व्यापारिकस्थलमा हमला तथा लुटपाट भएको थियो । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका मोहम्मद युनुसले पनि अल्पसंख्यकमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् ।

युनुसको आग्रहका बाबजुद बंगलादेशमा हिन्दु धर्मावलम्बीका घर, मन्दिर र व्यावसायिक स्थानमा हमला नरोकिएको ‘द डेली स्टार’ पत्रिकाले लेखेको छ ।

Dabur Nepal
NIC Asia

आक्रमण, लुटपाट नरोकिएपछि बंगलादेशका सयौँ हिन्दुहरू भारत जानका लागि बंगलादेश भारत सीमा क्षेत्रमा जम्मा भएका छन् । बंगलादेश र भारत दुवैले सीमा क्षेत्रमा कडाइ गरेका कारण सुरक्षा खोज्दै भारत जान खोजिरहेका हिन्दुहरू बंगलादेशको सीमामै रोकिएको ‘द डेली स्टार’ पत्रिकाले उल्लेख गरेको छ । ‘बीबीसी’ले पनि बंगलादेशमा हिन्दुहरूमाथि आक्रमण भइरहेको समाचार लेखेको छ ।

‘बीबीसी’का अनुसार बंगलादेशका अल्पसंख्यक हिन्दुहरूमाथि यतिखेर निरन्तर आक्रमण भइरहेको छ । उनीहरूका घरमा आगो लगाइएको, लुटपाट मच्चाइएको छ । बंगलादेशमा अल्पसंख्यकका घर, धार्मिकस्थल र व्यापारिक स्थानमा भइरहेको लुटपाट, आक्रमण र तोडफोड भइरहेको कुरा भारतका विदेशमन्त्री एस जयशंकरले २२ साउनमा भारतका दुवै सदनलाई जानकारी गराएका थिए ।

खलिदा जिया नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तथा जियाका छोरा तारिख रेहमानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अल्पसंख्यकमाथिको आक्रमण रोक्न अपिल गरेका छन् । त्यस्तै, विश्व हिन्दु महासंघको बंगलादेश शाखाले बंगलादेशमा हिन्दुहरूमाथि भएका घटनाको विवरण सार्वजनिक गरेको छ ।

बंगलादेशमा अल्पसंख्यक र विशेष गरी हिन्दुहरूमाथि आक्रमण भइरहँदा नेपालमा पनि विभिन्न हिन्दु संघ संस्थाले विरोध जनाएका छन् । मधेसका जिल्लाहरूमा विभिन्न हिन्दु संघसंस्थाले विरोध र्‍याली निकालेका छन् । मधेसका वीरगञ्ज, जनकपुर लगायतका सहरमा विरोध र्‍याली निकालिएको प्रहरीले बताएको छ ।

विश्व हिन्दु परिषद्को नेपाल शाखाले विज्ञप्ति जारी गर्दै बंगलादेशमा भइरहेको हिंसाप्रति खेद प्रकट गरेको छ । त्यस्तै, हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले बंगलादेशमा मारिएका अल्पसंख्यकहरूको सम्झनामा शनिबार (२६ साउन) काठमाडौंको माइतिघरमा श्रदाञ्जली सभा आयोजना गर्दै छ । यसका साथै अभियानले बंगलादेशमा भइरहेको अल्पसंख्यकमाथिको हिंसा रोक्न माग गर्दै संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा ज्ञापन पत्र बुझाउने बताएको छ ।

बंगलादेशमा चर्किएको साम्प्रदायिक विवादको तनाव नेपालमा देखिन नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । यसअघि विभिन्न निहुँमा सुनसरीको धरान, सर्लाहीको मलंगवा, बाँकेको नेपालगञ्जमा साम्प्रदायिक तनाव भड्किएको थियो ।

बंगलादेशको निहुँमा तराई मधेसमा हुन सक्ने सम्भावित साम्प्रदायिक तनावलाई ख्याल गर्दै प्रहरी केन्द्रीय कार्यालयले आफ्ना सातवटै प्रदेश कार्यालयलाई उच्च सतर्कता अपाउन निर्देशन दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्की भन्छन्, "हामीले सबै प्रदेशका हाम्रा कार्यालयलाई धार्मिक सद्भाव कायम राख्ने काम गर्नू भनेर निर्देशन दिएका छौँ । उच्च सतर्कता अपनाउन पनि निर्देशन दिएका छौँ । सबै प्रदेशका प्रहरी कार्यालयले पनि धार्मिक सद्भावका लागि अपिल गरेका छन् ।"

यसबाहेक साम्प्रदायिक तनाव भड्किन सक्ने संवेदनशील स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रवक्ता कार्कीले बताए । उनले भने, "तराई–मधेसका केही स्थानहरू संवेदनशील छन् । त्यस्ता स्थानमा हामीले त्यही अनुसार सुरक्षा सतकर्ता बढाएका छौँ ।"

बंगलादेशमा अल्पसंख्यकहरूमाथि भरहेको हिंसाका विरोधमा तराई–मधेसमा विरोध र्‍याली निकालिए पनि अहिलेसम्म अप्रिय घटना नभएको प्रवक्ता कार्कीले बताए । "अहिलेसम्म नेपालमा त्यस्तो अप्रिय घटना भएको छैन । त्यस्तो घटना नहोस् भनेर नेपाल प्रहरी सचेत छ ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro