site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमानको प्रस्टीकरण– प्राधिकरणले कमाएको नाफा कागजी होइन, लगानी गर्न सक्षम भइसक्यौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले कमाएको नाफाको ग्राफमा शंका नगर्न आग्रह गरेका छन् ।

आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार विद्युत् प्राधिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्राधिकरण विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको बताए ।

“प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अंकमात्र होइन, यो त विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविष्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ,” कार्यकारी निर्देशक घिसिङले भने ।

आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत सेयर आमसर्वसाधारणलाई निष्कासन गरी संकलन गरिएको रकम ठूला जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको उनले बताए ।

विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको पनि उनले जनाए ।

“विगत आठ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको छ । साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ,” घिसिङले बताए ।

धेरैले प्राधिकरणले कागजीरूपमा मात्र नाफा देखाएको आरोप लगाउने गरेको सुनाउँदै उनले भने, “यसबाट प्रस्ट छ, संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन, यो त आन्तरिकरूपमा लगानीका लागि एउटा दह्रो स्रोत हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro