site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्रीलाई सांसदहरूको आग्रह– हैजा महामारी हुन नदिन अन्तरमन्त्रालय समन्वय गरौँ

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले डेंगी र हैजा संक्रमणलाई महामारीको रूपमा फैलिन नदिन अन्तरमन्त्रालय समन्वयमा जोड दिएका छन् । संघीयता सशक्तीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई यस्तो सुझाव दिएका हुन् ।

बैठकमा सांसदहरूले खानेपानी, भौतिक पूर्वाधार, वातावरण लगायतका मन्त्रालयसँग समन्वय गरी खानेपानी शुद्धीकरणको काम तत्काल अघि बढाउन मन्त्रीलाई सुझाव दिएका थिए ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले काठमाडौं उपत्यकालाई लक्षित गरी वितरण केन्द्रहरू फिल्टर गर्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । 

उपत्यकाको अव्यवस्थित र असुरक्षित खानेपानी नै हैजा फैलिनुको प्रमुख कारण भएको सांसदहरूको निष्कर्ष छ ।

Sarokar-Samiot-1723126539.jpg
 

“हैजामात्रै होइन, बर्खायाममा अन्य संक्रमणजन्य रोगहरूको पनि उत्तिकै जोखिम छ । त्यसैले शुद्ध पिउने पानीका निम्ति खानेपानी, ढल विकास कुन कुन निकायसँग समन्वय गर्नुपर्छ गरौँ,” सांसद किरणबाबु श्रेष्ठले भने ।

संक्रमणजन्य रोगबारे पूर्वतयारी र नियन्त्रणका निम्ति स्वास्थ्य मन्त्रालयले विशेष योजनासहितका काम अघि बढाउनुपर्ने सांसद कृष्णबहादुर रोकायाको जोड छ ।

बैठकमा स्वास्थ्यमन्त्री पौडेलले हैजा देखिएका र नदेखिएका स्थानमा पनि निरन्तर पानीको नमुना परीक्षणको काम भइरहेको जानकारी दिए । खानेपानी विभागसँग पनि मन्त्रालयले समन्वय गरिरहेको उनले बताए । 

पानीका स्रोतहरूमा दिसामा पाइने 'फिकल इकोली' मिसिएकै कारण हैजा अनपेक्षितरूपमा फैलिएको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार १९ जुलाईयता ७ अगस्तसम्म देशभर ३६ जनामा हैजा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै ललितपुरमा २५ जना संक्रमित भएको तथ्यांक छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro