site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्पेनिस कप्तान मोराटा र रोड्री यूईएफएको प्रतिबन्धमा 

काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए)ले स्पेनिस कप्तान अल्भारो मोराटा र मिडफिल्डर रोड्रीलाई एक खेलका निम्ति प्रतिबन्ध गरेको छ । युरो २०२४ को उपाधिपछि ‘जिब्राल्टर स्पेन हो’ भन्ने नारा लगाएको भन्दै उनीहरूलाई कारबाही गरिएको हो ।

जिब्राल्टर फुटबल एसोसिएसन (जीएफए)ले यसबारे यूईएफएमा उजुरी गरेपछि छानबिन थालिएको थियो । यी दुई खेलाडी स्पेनले सर्बियाविरुद्ध खेल्दा टिममा उपलब्ध हुने छैनन् । स्पेनले सेप्टेम्बर ५ मा सर्बियासँग खेल्ने तालिका छ ।

Dabur Nepal
NIC Asia

स्पेनले युरो २०२४ को फाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेपछि रोड्रीले ‘जिब्राल्टर स्पेन हो’ भन्ने नारा लगाएका थिए । कप्तान मोराटाले प्रोत्साहन गरेका थिए ।

“यस प्रकृतिका व्यवहारका निम्ति फुटबलमा कुनै स्थान छैन,” यूईएफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिब्राल्टर सन् २०१३ देखि यूईएफको पूर्ण सदस्यको बनेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro