site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

तेह्रथुम । कोसी प्रदेशका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्यांकनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अंक प्राप्त गरी उत्कृष्ट ठहरिएको हो । 

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अंक पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

आर्थिक वर्ष २०७९/०८० मा ३७औँ स्थानमा रहेको तेह्रथुम आव २०८०/०८१ मा आठौँ स्थानमा उक्लिएको उनले बताइन् ।

कोसी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दसौँ स्थानमा छ । यद्यपि, कोसी प्रदेशमा भने दोस्रो स्थानमा छ । धनकुटा ९५ दशमलव आठ सय ७५ अंक प्राप्त गर्दै कोसी प्रदेशमा तेस्रो भएको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro