site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशका सेना प्रमुखले भने– देश चाँडै सामान्य अवस्थामा आउँछ

काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले देशको स्थिति छिट्टै सामान्य अवस्था फर्किने बताएका छन् ।

ढाका ट्रिब्युनका अनुसार उनले पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामापछि तोडफोड र लुटपाटमा संलग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

बुधबार साँझ राजधानीस्थित सैनिक मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “देशको अवस्था सुधार हुँदै गएको छ । तीन–चार दिनमा सामान्य अवस्थामा फर्किन्छ । अपराध गर्नेलाई हामी छाड्दैनौँ, उनीहरूलाई कानुनी कारबाही गरिने छ ।”

जनरल वाकरले बिहीबार अन्तरिम सरकारको प्रमुखको भूमिका सम्हाल्न लागेका नोबेल पुरस्कार विजेता प्राडा मोहम्मद युनुससँग वार्ता भएको पनि बताए ।

युनुसले बंगलादेशलाई लोकतान्त्रिक प्रक्रियातर्फ डोर्‍याउने आफू विश्वस्त रहेको उनको भनाइ छ ।

जनरल वाकरले युनुसको नयाँ भूमिकालाई राजनीतिक दल, विद्यार्थी र नागरिकले साथ दिनेमा आफू आशावादी रहेको बताए ।

सेनाबारे आएका 'अफवाह'लाई सम्बोधन गर्दै जनरल वाकरले अप्रमाणित समाचारहरू प्रकाशित नगर्न सञ्चार माध्यमलाई आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro