site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अनलाइन फार्मेसीको भौतिक पसल हुनैपर्ने, के के छन् मापदण्ड ?

काठमाडौं । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालनका निम्ति छुट्टै मापदण्ड तयार पारेको छ । विभागले अनलाइन औषधि बिक्री वितरण मापदण्ड, २०८१ को मस्यौदा तयार पारेर सरोकारवालासँग सुझाव मागेको छ ।

मापदण्ड कम्प्युटर सफ्टवेयरमार्फत औषधि बिक्री गर्न दर्ता भएका फर्म तथा पसललाई लागु हुनेछ । 
यस्ता पसल औषधि व्यवस्था विभागमा अनिवार्य दर्ता हुनुपर्ने छ । साथै, आफ्नै भौतिक पसलसमेत हुनुपर्ने मापदण्डमा उल्लेख छ  ।

अनलाइन फार्मेसीले लागु वा विषालु औषधि बिक्री वितरण गर्न पाउने छैनन् । बिक्रीका निम्तिसमेत लाइसेन्सप्राप्त फर्मासिस्ट हुनुपर्ने छ । १८ वर्षमुनिका बालबालिकालाई औषधि बिक्री गर्न पाइने छैन ।

Dabur Nepal
NIC Asia

पेस्क्रिप्सन अनुसारको औषधि बिक्री गर्दा डेलिभरी गर्ने व्यक्तिको नामथर, फार्मेसीको परिषद् नम्बर, व्यवसायी नम्बर उल्लेख गरी छाप लगाउनुपर्ने छ । 

ग्राहकले अनलाइनमार्फत औषधिबारे इन्क्वायरी गर्दा लाइसेन्सप्राप्त परामर्शदाताले परामर्श दिनुपर्ने मापदण्डमा उल्लेख छ ।

अनलाइन फार्मेसीले भौतिकसरह कारोबार, बिल बिजक, लेबलिङसम्बन्धी सबै कागजातको अभिलेख राख्नुपर्ने छ । 

अनलाइन वा कुनै पनि माध्यमबाट आउने ग्राहकका गुनासो सुनुवाइ तथा राय सल्लाहका निम्ति छुट्टै संयन्त्र बनाउनुपर्ने छ । औषधि भण्डारण सुरक्षित र मापदण्ड अनुसार हुनुपर्ने छ । 

अनलाइन फार्मेसीले औषधि र औषधिजन्य सामानबाहेक अन्य कुनै पनि वस्तु बिक्री वितरण गर्न पाउने छैनन् । यस्ता फार्मेसीको मापदण्ड र गुणस्तरबारे विभागले नै नियमन गर्ने छ । 

मापदण्डको मस्यौदामा उल्लेख भएका यी प्रावधान तथा अन्य सुझावका निम्ति विभागले सरोकारवालहरूलाई १० दिनभित्र सुझाव दिन भनेको छ ।

हेर्नुहोस् मापदण्ड

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro