site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमाका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ । 

सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरूमा १५ प्रतिशतको छुट दिनेसम्बन्धी सम्झौता भएको हो  ।

सानिमाले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro