site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिमलताल दुर्घटना : कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाइएको हो ।

गएको असार २८ गते पहिरोमा परी चितवनको सिमलतालबाट दुई बससहित यात्रु त्रिशूली नदीमा खसेका थिए । बस र यात्रु नदीमा बेपत्ता भएपछि दुर्घटनाको अध्ययन गर्न गृहका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । रिजालले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएका हुन् ।

दुर्घटनास्थलमा कमजोर भूगोल तथा अत्यधिक ‘क्रस स्लोप’ भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ कुनै टेवा पर्खाल नभएको र ‘क्रस’ गर्दै गएका दुई बसलाई पहिरोले धकेलेर त्रिशूलीमा खसालेको देखिएको संयोजक रिजालले बताए ।

यस्तै, दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामीण सडक निर्माण गर्दा समग्र वातावरणीय विषयमा ध्यान नदिइएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको समेत देखिएको उनले जानकारी दिए ।

दुर्घटनामा बाँच्न सफल व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन जिल्ला प्रशासन कार्यालयलगायत निकायका अधिकारीसँग अध्ययनका क्रममा छलफल गरिएको रिजालले बताए । सडक दुर्घटनामा ज्यान गएकाका परिवारलाई उचित क्षतिपूर्ति र बिमाबापतको रकम दिन ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।

अध्ययन प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले दुर्घटनामा परेका अझै अधिकांश व्यक्ति फेला नपर्नु दुःखद भएको बताए । आउँदा दिनमा दुर्घटना न्यूनीकरण गर्न सरकारले आवश्यक नीति बनाउने उनले उल्लेख गरे । उनले कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

असार २८ गते काठमाडौंबाट गौरतर्फ जाँदै गरेको र वीरगन्जबाट काठमाडौंतिर आइरहेको दुई बस र यात्रु नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । २४ यात्रुको शव फेला परिसकेको छ । तीमध्ये १९ जनाको मात्र सनाखत भएको छ । दुई बससहित अझै कम्तीमा ३८ यात्रु बेपत्ता छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro