site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न राष्ट्रपतिको आदेश

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । 

उनकी कट्टर प्रतिद्वन्द्वी शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपतिको आदेश आएको हो ।

राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा बसेको बैठकले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्ने निर्णय गरेको हो ।

Dabur Nepal
NIC Asia

बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।

बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार अपराह्न सेना प्रमुखले सरकारी टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेर सेनाले कामचलाउ सरकार बनाउने बताएका थिए ।

७८ वर्षीया खालिदा जिया अस्वस्थ छिन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । सन् १९७७ देखि १९८१ सम्म बंगलादेशको राष्ट्रपति रहेका उनका श्रीमान् जिआउर रहमानको हत्यापछि जियाको राजनीतिक जीवन सुरु भयो भएको थियो ।

उनी सन् २००१ देखि २००६ सम्म फेरि प्रधानमन्त्री बनेकी थिइन् ।

हिन्दुस्तान टाइम्सबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro