site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’माथि परिचर्चा

काठमाडौं । असम, भारत निवासी साहित्यकार रण काफ्लेको नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’माथि अन्तर्क्रिया सम्पन्न भएको छ । 

आइतबार काठमाडौंमा ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कृति र कृतिकारको प्रसंशा गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, कार्यक्रममा कवि शैलेन्द्र साकारले कृति स्तरीय भएको बताए । 

नियात्राकृति ‘मत्स्यकन्याको मुलुकमा’ माथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. भरतकुमार भट्टराईले भारतको आसाममा बसेर नेपाली साहित्यको सेवा गर्ने रण काफ्लेद्वारा लिखित यो कृति नेपाली नियात्रा साहित्यका लागि राम्रो उपलब्धि भएको बताए । 

कार्यक्रममा विभिन्न व्यक्तिहरूले बोलेका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २२:५४
प्रतिक्रिया दिनुहोस्