site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कञ्चनपुरको ‘रेकर्ड ब्रेक’ वर्षाबारे स्थलगत अध्ययनले के देखायो ?
तस्बिर : जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष कञ्चनपुरमा भएको भारी वर्षाबारे जानकारी दिएको छ ।

गत असार २३ र २४ गते २४ घण्टाको अवधिमा कञ्चनपुरमा वर्षाको विवरण राख्न थालेयताकै सर्वाधिक (६२४ मिलिमिटर) वर्षा मापन गरिएको थियो । विभागले सन् १९४७ देखि वर्षाको तथ्यांक राख्दै आएको छ ।  

‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययनका लागि विभागको टोली स्थलगत अध्ययनका लागि कञ्चनपुर गएको थियो । टोलीले दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरूको स्थलगत परीक्षण गरेको थियो ।

Dabur Nepal
NIC Asia

परीक्षणका क्रममा दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था विभागको हालको मापदण्डभित्र रहेको पाइएकाले ती केन्द्रबाट प्राप्त तथ्यांक सही रहेको विभागले जनाएको छ ।

तर, सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्यांक विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने देखिएको विभागले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागका अनुसार कञ्चनपुर क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमी वायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको समिश्रणका कारण अत्यधिक वर्षा भएको हो ।

"यी प्रणालीहरूको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई 'तराई क्लाउडवर्ध' मान्न सकिन्छ," विभागले भनेको छ ।

विभागले क्षति न्यूनीकरणमा समयमै प्रवाह गरिएका विशेष बुलेटिन, प्रभावमा आधारित मौसम पूर्वानुमान, मास एसएमएस सेवा तथा पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार कार्यको प्रमुख भूमिका रहेको बताएको छ ।

"जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरू बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वानुमान तथा पूर्वतयारी लगायतका उपरोक्त क्षेत्रहरूमा लगानी बढाउँदै जानु आवश्यक देखिन्छ," विभागले भनेको छ । 

यहाँ क्लिक गरेको प्रतिवेदन पढ्न सक्नुहुन्छ ।

Kanjchanpu-1722871675.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro