site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलम्पिक पदक तालिकाको शीर्षमा चीन कायमै, पछ्याउँदै अमेरिका र फ्रान्स 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को नवौँ दिन पनि चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । यही साउन १२ गतेदेखि प्रतियोगिता जारी छ ।

चीन १६ स्वर्णपदकसहित तालिकाको शीर्ष स्थानमा छ । चीनले १२ रजत र नौ कांस्यसहित कुल ३७ पदक जितेको छ ।

यो सूचीको दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कांस्यसहित कुल ६१ पदक जितेको छ ।

तेस्रो स्थानको फ्रान्सले १२ स्वर्ण जितेको छ । फ्रान्सले १४ रजत र १५ कांस्यसहित कुल ४१ पदक जितेको छ ।

चौथो स्थानको अस्ट्रेलियाले १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित २७ पदक जितेको छ ।

पदक तालिकाको पाँचौँ स्थानमा ब्रिटेन छ । ब्रिटेनले १० स्वर्ण, १० रजत र १३ कांस्यसहित ३३ पदक जितेको छ ।

wfgmg-1722756025.jpg
छैटौँ स्थानको दक्षिण कोरियाले नौ स्वर्ण, सात रजत र पाँच कांस्यसहित २१ पदक जितेको छ ।

सातौँ स्थानको जापानले आठ स्वर्ण, पाँच रजत र नौ कांस्यसहित कुल २२ पदक जितेको छ ।

यो सूचीको आठौँ स्थानमा इटाली छ । इटालीले ६ स्वर्ण, आठ रजत र पाँच कांस्यसहित कुल १९ पदक जितेको छ ।

नवौँ स्थानमा नेदरल्यान्ड्स र १०औँ स्थानमा क्यानडा छन् । नेदरल्यान्ड्सले ६ स्वर्ण, चार रजत र चार कांस्यसहित १४ पदक जितेको छ । क्यानडाले चार स्वर्ण, चार रजत र सात कांस्यसहित १५ पदक जितेको छ ।

प्रतियोगिताको नवौँ दिन आइपुग्दा ४१ देशले स्वर्ण जितेका छन् । ३६ देशले रजत र ४५ मुलुकले कांस्यपदक जितेका छन् ।

पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro