site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भैंसेपाटीको भव्य भवनमा सर्न थाले मन्त्री, आरजुसहित चार मन्त्री नसर्ने 

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको मन्त्री क्वाटर छाडेर नयाँ भवनमा मन्त्रीहरु सर्न थालेका छन् ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार नयाँ भवनमा केही मन्त्रीहरु सर्न थालिसकेका छन् भने केही तयारीमा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि पुल्चोकमा मन्त्रीका लागि आवास उपलब्ध गराइए पनि भैंसेपाटीमा २७ वटा भवन बनाइएको छ । सोही स्थानमा विभिन्न सातैवटा प्रदेशका प्रमुखका लागि पनि भवन तयार गरिएको छ । २४ जना मन्त्री, प्रतिनिधिसभा उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षका लागि भवन बनाइएको छ ।

विशिष्ट व्यक्तिका लागि अत्यधुनिक भवन परिसरमा स्विमिङ पुलसहितको व्यवस्था गरिएको छ । अहिलेसम्म अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालसहित केही मन्त्री सरिसकेका छन् ।
यसैबीच चार जना मन्त्रीले भने अहिले आवास सुविधा नलिने जनाएका छन् ।

सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्र मन्त्री आरजु राणा, श्रम मन्त्री शरत सिंह भण्डारी र ऊर्जा मन्त्री दीपक खड्का सरकारी निवासमा नसर्ने उनीहरुको सचिवालयले जनाएको छ ।

सरकारी निवास प्रयोग नगर्ने मन्त्रीका लागि भाडावापत मासिक ४० हजार र मर्मत खर्च उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्