site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्र यादवको आरोप– समावेशिता अन्त्य गर्न कांग्रेस–एमाले सरकार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर समानुपातिक प्रतिनिधित्व प्रणाली खारेज गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा उनले समावेशिता अन्त्य गर्न कांग्रेस–एमाले मिलेर सरकार बनाएको आरोप समेत लगाए ।

नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशिता भएको उनले उल्लेख गरे । उनले राज्यकै तर्फबाट अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे । दलहरूका कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको उनको भनाइ थियो ।

उनले समावेशितासहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुनेमा जोड दिए । पद र पैसाको लोभमा नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर यसअघि आफ्नो पार्टी फुटाएको आरोप पनि उनले लगाए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro