site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे बैंकले कैलालीको नवदुर्गा विद्यालयमा उपलब्ध गरायो खानेपानी सेवा
Tiktok banner adTiktok banner ad

काठमाडौं । माछापुच्छ्रे बैंकले कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवा उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खानेपानीका लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको बताएको छ ।

बैंकले निर्माण गरेको पूर्वाधारहरू शुक्रबार एक औपचारिक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति एव् विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको बताएको हो ।

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारीपछि बैंकले विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधार तयार पारेको बताएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न ठाउँमा विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरूमा काम गर्दै आएको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro