site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध रहेको बताएका छन् । 

मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित गरिने बताए । धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिका कामलाई नियमित तथा व्यवस्थित गर्नुका साथै वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध रहेको बताए ।  
 
गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि पुँजी बजारलाई गतिशील तुल्याउने नीति अंगीकार गरेको बताउँदै उनले संस्थागत सेयर धितो कर्जामा अधिकतम सीमा खारेज हुनु सकारात्मक भएको बताए । 

संस्थागत सेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज भएको छ भने सेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ । 

पूर्वमुख्यसचिव विमल कोइरालाले लगानीकर्तालाई लाभांश दिने, उनीहरूको विश्वास जित्ने, बजार विस्तार गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले धितोपत्र कारोबार प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्