site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डीआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाका रूपमा लिइदिनोस् : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाका रूपमा लिन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बिहीबार उनले यस्तो आग्रह गरेका हुन् ।

बैठकमा नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरी दुई महिना नपुग्दै डीआईजीको किन सरुवा गरिएको ? भन्ने प्रश्न गरेका थिए । त्यसपछि उनले यस्तो जवाफ दिएका हुन् ।

Dabur Nepal
NIC Asia

कर्मचारीको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै उनले डीआईजी केसीलाई ‘उपयुक्त’ ठाउँमा लगिएको बताए । केसी योग्य व्यक्ति भएको र प्रहरीलाई तालिम दिने स्थानमा लगिएको उनको भनाइ थियो ।

सरुवा गरेर उनको ठाउँमा डीआईजी नै ल्याइएको भन्दै उनले यसलाई सामान्य प्रक्रियाका रूपमा लिन आग्रह गरे ।

गृहमन्त्री रमेश लेखकको भनाइ पढ्नोस्–
सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ, बढुवा पनि हुन्छ । निरन्तरको प्रक्रिया हो । सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर । तर, कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ । जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने, प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढेलेखेको मान्छे चाहियो नि ! प्रहरी राम्रो बनाउनुपर्‍यो । अनि, राम्रो प्रहरीलाई राम्रो तालिम दिनका लागि राम्रो मान्छे पठाउँदा के समस्या भयो ? अनि, फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डीआईजी गएर इन्सपेक्टर त आएको होइन होला नि ! अर्को डीआईजी आएको होला नि ! त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रूपमा लिइदिनुहुन म हात जोडेर प्रार्थना गर्छु । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro