site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री लेखकलाई रविको सुझाव : मिडिया ट्रायल घातक छ, बच्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निवर्तमान गृहमन्त्री समेत रहेका लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभूति अभिव्यक्त गरेका हुन् ।

Dabur Nepal
NIC Asia

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री रमेश लेखकलाई सुझाव दिए । वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुइतिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरू गर्न सकिने अवस्था रहेको उल्लेख गरे ।

सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा सुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गरे ।आफूले गृहमन्त्रीको रूपमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास भने गरेको जिकिर गरे ।

यस्तो छ रवि लामिछानेको भनाइ

मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्यू बच्नुहोला । तपाईंलाई माया गर्नेहरू अलि बढी छन् । मैले त खरो भएर होला सकिन । तपाईं सक्नुहोला । मिडिया ट्रायलबाट यो संगठनलाई जोगाउनुस् । संगठनको एउटा मान्छे आईजी हुने हो । अब प्रतिस्पर्धी अरुले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोसिस हुन्छ कि विजोग डट कम, कन्तविजोग डटकम, हरिबिगोज डटकमका न्युजहरू ह्वाटसेपमा पठाएको छ । छातीभरी फूली नै फूली छ । मिडियाले थुरुरु कमाइदिएको छ । यो प्रहरी संगठनका लागि ठूलो समस्या बनेको छ । अहिले पनि मिडिया ट्रायल भएको छ । पहिला यो गर भनिदिन्छ । माहोल बनाउने काम गर्छ । भएन भने विज्ञको इन्टरभ्यू पनि राखिदिन्छ । पहिला यस्तो देखिन आयो भनिदिन्छ । त्यसपछि यस्तो भयो भने खराब हुन्छ भनिदिन्छ । त्यसपछि विज्ञको ओपनियन हालिदिन्छ । तेस्रो दिन सम्पादकीय हाल्छ । त्यसरी तपाईंलाई ट्रायल क्रियट गरिदिन्छ । र त्यसले प्रहरी प्रशासनको मनोबल गिराउने काम भएको छ । प्रहरी सक्षम छ, क्षमतावान छ । अब तपाईंहरूसँग तागत पनि छ, साहस पनि छ । प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानबिन गर्न सक्छ । सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्छ । त्यसकारण अन्तिममा म के भनेर यसलाई टुंग्याउन चाहन्छु भने राजनीतिमा लामो अनुभव गर्नुभएको गृहमन्त्री हुनुहुन्छ । मैले केही कोसिसहरू अवश्य पनि गरेको हुँ । धेरै गर्ने ठाउँ विभिन्न कारणले थिएन । तर, एउटा इमान्दार प्रयास अवश्य पनि गरेको हुँ । मलाई विश्वास छ–ती राम्रा कामहरुको निरन्तरता यहाँहरुले दिनुहुनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro