site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर लगानीकर्ताको सम्पत्ति एकैदिन एक खर्बले बढ्यो, ४३ खर्ब ८० अर्ब पुग्यो कुल बजार पुँजीकरण
Tiktok banner adTiktok banner ad

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबार गर्नेको सम्पत्तिको मूल्य (कुल बजार पुँजीकरण) ४३ खर्ब ८० अर्ब ७७ करोड रुपैयाँ पार गरेको छ । यसअघि २०७८ साउन ३२ गते २१ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार हुँदा ४४ खर्बभन्दा बढीको कुल बजार पुँजीकरण भएको थियो ।

मंगलबारको तुलनामा कुल बजार पुँजीकरण एक खर्ब एक अर्ब ९७ करोड रुपैयाँले बढेको छ । मंगलबार कुल बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ७९ करोड रुपैयाँ कायम भएको थियो ।

आज पाँच करोड नौ लाख ६७ हजार ९५१ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । यस दिन २१ खर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro