site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, साढे १५ लाखको हात खाली 

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट भएको हो ।

कम्पनीको एफपीओ आवेदन दिएकामध्ये चार हजार ६७२ जनालाई १० कित्ताका दरले प्राप्त गरेका छन् भने १५ लाख ६३ ५८ हजार ६५० जनको हात खाली भएको छ ।

एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन परेको थियो । जसमध्ये १ हजार १०१ आवेदन रद्द भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी दिएको छ । कुल १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएको थियो ।

जसका आधारमा साढे चार हजारले एफपीओ प्रप्त गर्दा साढे १५ लाखको हात खाली भएको छ ।

एफपीओ प्राप्त गर्ने चार हजार ६७२ जनामध्ये ९ जनाले थप १ कित्ताका दरले प्राप्त गर्न सफल भएका छन् । योसँगै ९ जना आवेदकले ११ कित्ताका दरले एफपीओ प्राप्त गर्न सफल भएका हुन् । लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro