देश
काठमाडौं । बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थलमा ल्याइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०९:०४
प्रतिक्रिया दिनुहोस्