site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुखमाथि छानबिन हुनुपर्छ : सांसद न्यौपाने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले मानव तस्करीको आरोप लागिरहेका उपसभामुखमाथि छानबिन हुनुपर्ने बताएकी छन् । उनले यस विषयमा सभामुखको धारणा के हो भन्ने पनि माग गरिन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले उसभामुखमाथि चार्ज लागेको भन्दै थपिन्, “मानव तस्करीबारे आरोप लागेको छ । आरोप लाग्दैमा सही भन्दिन म । छानबिन त हुनुपर्छ होला नि ।”

उनले मन्त्रिमण्डल समावेशी नभएकोमा प्रश्न उठाइन् । नेतृत्वको मन भए समावेशी व्यवस्थालाई सार्थक बनाउन संविधानको धारा आवश्यक नहुने बताएकी छन् । उनले मन्त्रिपरिषद् समावेशी र महिला तथा दलितमैत्री नभएकोमा सांकेतिक विरोध गरिन् । 

“मन्त्री गठन गर्दा पहिलो गाँसमा ढुंगा भयो । संविधानमा लेखेर पनि नहुने रहेछ । २०१५ सालमा बीपीले ६ जना जनजाति दुईजना मधेसी, एकजना थारू र एक महिला मन्त्री बनाए ।  सुदूरपश्चिमबाट महिला भेटाउन सजिलो थिएन । म गर्व गर्छु बीपी कोइरालाको आँखाले द्वारिकादेवीलई मन्त्री बनाउनुभयो । नेतृत्वको इच्छा भए संविधानको धारा आवश्यक रहेनछ,” उनले भनिन् । 

उनले सिंगो संसद्नै सरकार उत्पादन र सत्तामुखी कारखानामा परिणत हुन लागेको उल्लेख गरिन् । उनले शिक्षाको क्षेत्र, किसानको समस्या कहिले छलफल गर्ने भन्दै एकअर्कालाइ दोषारोपण गरेर कहाँ पुगिन्छ भन्दै प्रश्न गरिन् । “हामी छलफल गर्दैनौँ । सत्ता बनिरहने, भत्किरहने छलफल हुन्छ,” उनले भनिन्, “जनताको प्रश्नमा यो सरकारलाई गलत गर्ने छुट छैन ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro