site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्यभन्दा पहिल्यै विद्युत् निर्यात गर्ने गरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले राखेको लक्ष्यभन्दा पहिल्यै विद्युत् निर्यात गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार तालिम व्यवस्थापन विभाग खरिपाटीमा आयोजित वृक्षारोपण कार्यक्रममा उनले सरकारले राखेको लक्ष्य समयअगावै पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । 

“१० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य सरकारले लिएको छ । १० वर्षभन्दा पहिल्यै विद्युत् निर्यात गर्ने गरी काम गर्नुहोस्,” उनले भने ।

Dabur Nepal
NIC Asia

सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसका निम्ति उच्च मनोबलका साथ कार्यसम्पादन गर्न उनले कर्मचारीलाई निर्देशन दिए । पछिल्लो समय नेपालको विद्युत् भारतमा निर्यात गर्ने क्षमता बढेको उनको भनाइ थियो ।

नेपालको ऊर्जा क्षेत्रमा विभिन्न देश लगानी गर्न इच्छुक रहे पनि कानुनी झन्झटका कारण समस्या भइरहेको उनले उल्लेख गरे । उक्त अफ्ठयारोलाई फुकाउन आवश्यक पर्ने ऐन, कानुन संशोधनका निम्ति मन्त्रालयलले काम गर्ने उनले बताए ।

दुई ठूला पार्टी मिलेर वर्तमान सरकार बनेकाले यसलाई अल्मलिने छुट नरहेको उनले सुनाए । उनले जलविद्युत् परियोजना निर्माणका क्रममा भइरहेको वातावरणीय प्रभावलाई कम गर्न वृक्षरोपणजस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत २०० शाखा तथा उपशाखाबाट वृक्षरोपण गर्दै आएको जानकारी गराए ।

उक्त अवसरमा ऊर्जामन्त्री खड्का, कार्यकारी निर्देशक घिसिङलगायत अधिकारीले तालिम व्यवस्थापन विभाग परिसरमा १०१ विभिन्न प्रजातिका बिरुवा रोेपेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro