site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रिन्सको लगातार दोस्रो हार

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर–२ मा भएको समूह ‘पी’को खेलमा विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे ।

Dabur Nepal
NIC Asia

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रोमा ४ अंक जोडेका थिए । आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रोमा १७ अंक बटुलेका थिए । ओलम्पिकमा गुयेनको यो लगातार दोस्रो सहभागिता हो । उनले टोकियो ओलम्पिक–२०२० पनि खेलेका थिए ।

विश्व वरीयतामा १७२औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । पूर्वजुनियर नम्बर वान प्रिन्स समूह चरणको पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए ।

समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्नेछन् । कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन् ।

ओलम्पिकमा ब्याडमिन्टन नेपालका निम्ति ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro