site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गड्डाचौकी हुँदै ६ महिनामा ४०० बढी पर्यटक भित्रिए
फाइल तस्बिर ।
SkywellSkywell

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ का ६ महिनामा ४६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको संख्या १५ मात्र छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार, सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको संख्या न्यून छ । भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको हो । “नेपालका केही सीमानाका मात्र भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको छ,” कार्यालय प्रमुख भट्टले भने, “गड्डाचौकी हुँदै भारततर्फ जान विदेशी पर्यटकलाई भारतले रोक लगाएको छ ।”

Dabur Nepal
NIC Asia

उनले अगाडि भने, “नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन । नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन ।” यसैकारणले पर्यटकलाई प्रस्थान (डिपार्चर) दिने कार्य स्वतः स्थगन भएको उनको भनाइ छ ।

सीमानाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेष गरी भारतमा बस्दै आएकाहरू छन् । “भारतमा ६ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम छ,” कार्यालय प्रमुख भट्टले भने, “ती विदेशी पर्यटक ६ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन्, पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमानाकाको प्रयोग गर्ने गरेका छन् ।”

भारतमा बस्ने विदेशी पर्यटक नेपाल आएपछि अधिकांशले १५ दिनका निम्ति राहदानी लिने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिने गरिएको छ । यसका निम्ति भिसा शुल्क ३० डलर लाग्ने गर्छ । ३० दिनको भिसाका निम्ति ५० र ९० दिनलाई १२५ डलर शुल्क लाग्ने कार्यालय प्रमुख भट्टले बताए ।

वि.सं. २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कबापत ५९ हजार ५२७ डलर संकलन गरेको छ । अध्यागमन कार्यालयको तथ्यांकानुसार, सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर ९८३ विदेशी पर्यटक भित्रिएका थिए ।

सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म ५४२ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको संख्या शून्य थियो । अगस्टदेखि डिसेम्बरसम्म ५८ पर्यटक मात्र भित्रिएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu