site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लालबन्दी नगर वाङ्मय परिषद्ले गर्‍यो १० पुस्तकको सूची सार्वजनिक 

काठमाडौं । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१’ का निम्ति १० कृतिको सूची सार्वजनिक गरेको छ ।

ती कृतिमा अन्तर (रमेश सायन), काली कर्णालीको लोकसाहित्य तथा संस्कृति (यज्ञराज उपाध्याय), जोगियाना (नगरकोटी), नेपाली संगीत दरबार (प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी), पुरुष परीक्षा (धीरेन्द्र प्रेमर्षि), प्रश्नहरू त बाँकी नै रहन्छन् (मोमिला जोशी), बुढीपोल्ली (खेम बतास), बोरा (अखण्ड भण्डारी), भूपिनका कविता (भूपिन) र मुकाम रणमैदान (मोहन मैनाली) रहेका परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

१० मध्ये उत्कृष्ट एक कृतिका कृतिकारलाई ५० हजार नगद राशिसहितको उक्त पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro