site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेनेजुएलामा फेरि मादुरो, पोल फेल

काराकास । स्थानीय ‘पोल’हरूको अनुमानविपरीत भेनेजुएलामा तेस्रोपटक पनि राष्ट्रपति निकोलस मादुरो निर्वाचित भएका छन् । ८० प्रतिशत मतगणनामा उनका पक्षमा ५१ प्रतिशत मत आइसकेको जनाइएको छ ।

उनी सन् २०१३ देखि लगातार राष्ट्रपति पदमा आसीन छन् । देशका विपक्षीले मतदानमा अनियमितता भएको आरोप लगाएका छन् । अमेरिकाले यो नतिजाका बारेमा गम्भीर चासो व्यक्त गरेको छ ।

त्यहाँको नेसनल इलेक्टोरल काउन्सिलले विपक्षी उमेदवार इडमुन्डो गोन्जालेज उरुटियाले ४४ प्रतिशत मत हासिल गरेको जनाएको छ । पछिल्लो निर्वाचन परिणामानुसार मादुरोले आउँदो ६ वर्ष पुनः राष्ट्रपतिको कार्यकाल पूरा गर्नेछन् ।

पोलहरूमा विपक्षी नेताले फराकिलो अन्तरका साथ विजय हासिल गर्ने जनाइएको थियो । सीएनएनबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro